कति बदमानी झेल्ने ?

78 Shares
रौतहट । रौतहट जिल्लामाथि किन हरेक क्षेत्रबाट प्रहार गरिन्छ होला ? बुझ्न निकै गाह्रो बन्दै गएको छ ।
कुनै समयमा रौतहट जिल्लामा एउटा उखान बोलिन्थ्यो त्यो उखानलाई “रौतहटको ढेला बोल्छ” अर्थात सत्यको लागि कमजोर मानिस पनि बलियो संग सामना गर्न डराउदैन्थ्यो, तर अहिले नेपालमा जनताको शासन व्यवस्था आएपछि आपसमै सिद्धिने खालको गौर घटनालाई विस्तारै विर्षदै गइरहेको अवस्थामा अब जनताबाट निर्वाचित नगर पिताहरु भ्रष्टाचारको दलदलमा फस्न थालेका छन् ।
जानेर हो वा नजानेर निर्वाचित जनप्रतिनिधिहरु फस्नुको प्रमुख कारक तत्व कम समयमा बढि रकम कमाउनु, वा ति प्रमुखलाई अरु कसैले युज गर्नु, या ति प्रमुखको आफन्तले नगरपालिकालाई चलाउनु लगायतका विभिन्न कारणले गर्दा रौतहटका स्थानीय तहहरु बदनाम हुँदै गएका हुन् ।
फतुवा विजयपुर नगरपालिकाको मेयर गोपाल राय यादव पहिलो कार्यकालमा गरेको गल्तिको सजाय दोश्रो कार्यकालमा निर्वाचित भएको केही दिनमै उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएपछि निलम्बनमा परे । उक्त पालिकामा उपमेयर अम्ब्या खातुन कार्यबाहक बनेपछि हाल सम्म दोश्रो कार्यकाल राम्रो संग संचालनमा आउन सकेन । तर नेपाल सरकारले पठाएको अनुदान रकम त्यहाँका जनताहरु त्यसबाट लाभान्वित हुन सकेनन्, कागजमै योजना, कागजमै कार्यक्रम सम्पन्न र भुक्तानी हुने खालको बदानी झेलिरहेका छन ।
यस्तै चन्द्रपुर नगरपालिकाको पूर्व मेयर रामचन्द्र चौधरीले पनि बोलपत्र बन्दोबस्त मिलाउदा रकमी चलखेल लगायतका विभिन्न आरोपमा विशेष अदालतमा मुद्दा चलेर फैसला समेत भईसकेको छ ।
आज कठहरिया नगरपालिकाको मेयर अजय प्रकाश, उपमेयर रीता देवी र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह सहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भएपछि मेयर र उपमेयर स्वतः निलम्बनमा परे ।
कटहरिया नगरपालिका–२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा गरेको भन्दा धेरै काम देखाएर उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोपमा अख्तियारले मेयर, उपमेयर, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरियो ।
अहिले सम्म रौतहट जिल्लामा दुई बहालवाला सहित तिन जना मेयर विरुद्ध अख्तियारले भ्रष्ट्राचारको मुद्दा दर्ता गराएका तिनै जना नेपाली काँग्रेसको टिकटबाट निर्वाचित भएको जनप्रतिनिधिहरु रहेका छन् ।
जनप्रतिनिधि बन्न निकै चुनौती छ, जनप्रतिनिधिहरुलाई ऐनकानुनको अध्ययन गर्न नितान्त जरुरी छ । कहाँ हस्ताक्षर गर्ने कहाँ नगर्ने । गलत कार्य नगर्ने नगराउर्ने । नियमित रुपमा पालिकावासीको लागि उत्तरदायी बनेर उनीहरुको लाभान्वित हुने कार्य गर्नुपर्ने लगायतका महत्वपूर्ण कार्यहरुको जिम्मेवारी बोध भएपछि मात्रै राजनीति गर्ने जनप्रतिनिधि बन्न सकिन्छ । राम्रो जन प्रतिनिधि बन्न प्रयास गरौं सबै क्षेत्रमा सुधार अवश्य आउने छ ।

सम्बन्धित समाचार