सुनचाँदी र नगद सहित ललितपुरबाट पाँच जना पक्राउ

33 Shares

काठमाडौं, २१ असार । ललितपुर प्रहरीले ताल्छिखेल स्थित एक निर्माणाधिन घरमा छापा मार्दा सुन, सुन गाल्ने मेसिन सहित नगद ५० लाख सहित पाँच जनालाई पक्राउ गरेका छन् ।
विशेष सुचनाको आधारमा ललितपुर प्रहरीले छापा मारेर भारत महाराष्ट्र आडवारी थाना घर भई ताल्छिखेलमा बस्दै आएका २८ बर्षिय युवराज विभुते, २० बिर्षय विक्रम यलवर, १८ बर्षिय अभिषेख विभुते, भक्तपुर सुर्यविनायक १ विरुवाका २० बर्षिय सिद्धान्त चौलागाई र ललिपुर महालक्ष्मी नपा ८ का २० बर्षिय यसवन्त सुनारलाई पक्राउ गरिएका हुन् ।
उनीहरुबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको व्यक्तिको आधारमा भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो । सो क्रममा ५० लाख नगद र सुन समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
पक्राउ परेको पाँचै जनालाई सुनचाँदी र नगद सहित आवश्यक अनुसन्धान एवं कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहर भवन पठाउने तयारी भईरहेको बताए ।

सम्बन्धित समाचार