मुख्यमन्त्री सतिश सिंहले पाए विश्वासको मत

38 Shares
जनकपुरधाम, २२ असार । नेपाली काँग्रेस र नेकपा एमालेको समर्थनबट मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउन सफल भएका छन् ।
मधेश प्रदेशमा १०७ सदस्यीय प्रदेश सभामा शनिवार मुख्यमन्त्री सिंहले ६७ जनाको समर्थन पाएपछि विश्वासको मत पुरा गरेका हुन् ।
प्रस्तावको विपक्षमा ३४ मत परे । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान भएका थिए ।
२८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर मुलुकमा राजनीतिक समिकरण परिवर्तन भएर कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ ।
मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमत सँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए । जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीलगायतले भने विपक्षमा मतदान गरे ।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

सम्बन्धित समाचार