धनुषामा विद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दीको अभाव रहेको आजपाको निष्कर्ष

23 Shares
धनुषा, २३ असार । आम जनता पार्टीका शिर्ष नेताहरु आईतवार धुनषा जिल्लाको सामुदायिक विद्यालयको अनुगमन निरीक्षण गरेर समस्या बुझेका छन् ।
धनुषा जिल्लामा विद्यार्थीहरुको तुल्नामा शिक्षक दरबन्दीको निकै न्यून रहेको हुँदा उक्त समस्या बुझ्न आज आजपा नेताहरुले अनुगमन निरीक्षण गरेका हुन् ।
आजपा सचिव श्रीचन मुखिया र नेता श्रीलाल महासेठ सहित नेताहरुको टोलीले त्रिभुवन आदर्श माध्यमिक विद्यालय बिनही र कण्टिर झा नमूना उच्च माध्यमिक विद्यालय बभनगामामा पुगेर अन्तरक्रिया गरेर वास्तविकता बुझे ।
उक्त बिद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको चरम अभाव रहेको विद्यार्थीहरुको पीड़ादायी अवस्था रहेछ । यस पीड़ादायी अवस्थाको अन्त्यको लागि शैक्षिक हड़तालको विकल्प नरहेको निष्कर्ष सहित संघर्षको ठोस कार्यक्रम ल्याउने सहमति भएको आजपाले जनाएको छ ।

सम्बन्धित समाचार