रौतहट, २३ असार । अंशको लागि आमाको हत्या गरेर फरार भएका अभियुक्त छोरालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर अदालत समक्ष पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा राजदेवी नगरपालिका वडा नम्बर १ पथरा गाँउमा गत जेठ ५ गते विहान ३:३० बजेको समयमा ६९ बर्षिया राधादेवी साहलाई छोरा मनोज साहले अंशको लागि सिलौटाले टाउकोमा हानेर हत्या गरेर फरार भएका थिए ।
दाजु संगको अंशको निहुमा आमालाई हत्या गरेर फरार भएका मनोजको श्रीमती मार्फत प्रहरीले दवाब बनाउदै कानुनी प्रक्रियामा सहयोग पुर्याएमा सजायमा विचार अदालतले पुर्याउन सकिन्छ भनेपछि निकै प्रयास पछि आज विहान १० बजे जिल्ला प्रहरी कार्यालयमा आफै हाजिर भएको प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन ।
आरोपित मनोजलाई जिल्ला अदालत रौतहटबाट कर्तव्य ज्यान सम्बन्धि कसुरमा म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन