सर्लाही, २४ असार । सर्लाहीको गोडैता नगरपालिका वार्ड -२ जनता आधारभुत विधालय जयपुरको अध्यक्षमा श्यामसुन्दर महतो चयन भएको छ ।
लामो समयदेखी अभिभावक विहिन रहेका विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्षमा महतो चयन भएकाे हो ।
यसैगरी महिला तर्फबाट गिता कुमारी कुशवाहा चयन भएकी छिन् । आज बसेको अभिभावक भेलाबाट विधालयका प्रधानाध्यापक गर्भु महतोले नयाँ चयन भएका अध्यक्ष महतो सहितका सदस्यहरुलाई असार २८ गते स्वागत गरिने बताए ।
आज विधालयमा भएको छलफलमा नव निर्वाचित अध्यक्षमा महतो, सदस्य शम्भु मुखिया, कुमारी देवी राम, स्थानीय अभिभावक तथा भद्रभलादमीहरु किशोरी महतो, उपेन्द्र महतो, इसलाम नट, सुरेन्द्र महतो, सितल मुखिया, विलाश महतो, कइल महतो, सुशील कुशवाहा, चन्द्रिका महतो, नागेन्द्र महतो लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
विधालय अभिभावक विहिन हुँदा नियमित पठनपाठन, दिवाखाजा कार्यक्रम, पूर्वाधार विकास तथा शैक्षिक सुधार लगायत विधालयका दैनिक शैक्षिक कार्यहरू प्रभावित हुदै आएका थिए । विधालयले एउटा सबल र सक्षम नेतुत्व पाएपछि गरिब तथा विपन्न परिवारका अभिभावकहरुले खुशी व्यक्त गरेका छन । विव्यसमा महतो चयन भएपछि विधालय सुधारमा कोशेढुङ्गा सावित हुने विश्वास स्थानीयले लिएका छन ।
छोरा हेटौंडा तथा काठमाडौ पढाउने व्यक्तिहरु व्यक्तिगत राजनीतिक स्वार्थ परिपुर्तिका लागि विधालयमा हावी हुँदा विधालयका पठनपाठन प्रभावित हुँदै आएका थिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन