सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी र ठूलठूला व्यापारिक घराना मिलेर हुण्डी कारोबारमा संलग्नः आजपा अध्यक्ष प्रभु साहको आरोप

55 Shares

काठमाडौं, २४ असार । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले कानुनको पालना गराउने सरकार आफै कानुनको उलंघन गर्ने कार्यमा संलग्न रहेको आरोप लगाए ।
ठूलठूला कारोवारीहरु हुण्डीको कारोवारमा संलग्न रहेको हुँदा उक्त कारोवारलाई अंसियारको रुपमा रहेर संरक्षणको कार्य सरकारले गर्दै आएको समेत उनले गम्भीर आरोप लगाएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा सोमवार सरकार माथि गम्भीर प्रश्न चिन्ह खडा गर्दै आम जनता पार्टीका अध्यक्ष साहले कालोधनलाई सेतो बनाउन सरकारका मन्त्रीहरुलेनै कानुनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको जिकिर गरे ।
अध्यक्ष साहले सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी र ठूलठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको संलग्न रहेको बताउदै यस्ता कार्यबाट मुलुकलाई आर्थिक रुपमा झनै बर्बादी तर्फ धकेलिरहेको आरोप लगाए । उनले हुण्डी कारोबारकै कारण राजस्व छली व्यापक रुपमा बढेको चर्चा गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।
अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘बैंकहरु आफैं अप्रत्यक्ष रुपमा त्यसमा संलग्न रहदै नेपाललाई यसरी बर्बाद गर्नमा संलग्न रहेको हुँदा नियन्त्रण नभए देशमा भयाभय अवस्था सृजना हुने चेतावनी दिए ।

सम्बन्धित समाचार