मिटरव्याज पीडितहरुले निवेदन दिन १० दिनको म्याद थप

72 Shares
रौतहट, २६ असार । मिटरव्याज पीडितहरुलाई मध्य नजर राख्दै मिटरव्याज सम्बन्धी जाँचबुझ आयोगले उजुरी संकलन गर्न म्यादलाई १० दिन थप गरेका छन् ।
जाँचबुझ आयोगद्धारा सार्वजनिक रुपमा सूचना जारी गर्दै १० दिन भित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरुलाई समय सिमा थप गरेका हुन् ।
पीडितहरुले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेभसाइटमा राखिएको सार्वजनिक भएको सूचनामा जनाइएको छ । उक्त निवेदन फर्मलाई प्रिन्ट गरेर विवरणहरुमा उल्लेख भएका कुराहरु भरी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने छ ।
आयोगले आफूसँग रहे भए सम्मका त्यस्तो ऋण÷कर्जा वा अनुचित लेनदेन कारोबार सम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायतका लिखत कागजातहरुको प्रतिलिपी वा फोटोकपी समेत राखी निवेदन दिनुपर्ने छ ।
सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानको लागि पहल स्वरुप २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भइसकेपछि प्राप्त उजुरी र आयोग गठन हुनु भन्दा अगाडि उजुरी निवेदनहरु उपर गृह मन्त्रालयको स्वीकृत कार्यविधि र वर्तमान कानुनी व्यवस्था अनुसार कारबाही सुरु गर्ने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार