इशनाथमा एक किशोरलाई चाकु प्रहार गरेर हत्या

63 Shares

प्रतिकारात्मक तस्वीर

रौतहट, २६ असार । रौतहटको इशनाथ नगरपालिकाको कार्यालय पश्चिम तर्फको आपको बगैचामा एक किशोरको मंगलवार राति चाकु प्रहार गरेर हत्या गरिएको छ ।
इशनाथ नगरपालिका वडा नम्वर ९ लौवतनाका कैल मियाँका १७ बर्षिय छोरा सहबाजलाई गएराति ९ बजेको समयमा नगर कार्यपालिकाको कार्यालयको पश्चिममा रहेको आपको बगैचामा अज्ञात समुहले चाकु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
चार पाँच जनाको संख्यामा रहेका व्यक्तिहरु संग झै झगडा भईरहेको कुरा नगरप्रहरीद्धारा प्रहरीमा खवर आएपछि उक्त स्थानमा प्रहरी टोली पुग्दा किशोरको मृत्यु भएको अवस्थामा शव फेला परे । पेट र टाउँकोमा चाकु प्रहार गरिएर हत्या गरिएको घटनास्थलको प्रकृतिबाट देखिएको जिल्ला प्रहरी कार्यालय श्रोतले बतायो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले आवश्यक सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको ति श्रोतले बतायो ।

सम्बन्धित समाचार