आज राति १० बजे देखि दैनिक ५ घण्टा नौबिसे–मलेखु सडक खण्ड बन्द रहने

68 Shares
रौतहट, २६ असार । आज राति देखि दैनिक ५ घण्टा सम्म पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्ड १५ दिन सम्म बन्द हुने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गरेर असार २६ देखि साउन ९ गते सम्म राति १० बजे देखि विहान ३ बजेको समयमा नौबिसे–मलेखु सडक खण्ड बन्द रहने भएको हो ।
नौबिसे–मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।
क्रेनले उचालेर पुलको बिम राख्ने कार्य गर्न लागिएको र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी रातिको समयमा सडक बन्द गरिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) द्धारा जारी सुचनामा जनाइएको छ ।
यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न नागढुंगा–मुग्लिङ सडक आयोजना र जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार