खेत जोतिरहेका ट्रेक्टर पल्टिदा चालकको मृत्यु

77 Shares

सर्लाही, २७ असार । सर्लाहीको बरहथवा नगरपालिकाको पटर्वामा खेत जोतिरहेको अवस्थामा ट्रेक्टर पल्टिएर बुधवार राति चालकको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका वडा नम्व १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्वरको ट्रेक्टर पल्टिदा सोही वडा पुरैनिया गाउँका ३० बर्षिय सुरेश रायको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
रातिको समयमा धान खेतको लागि जोताई गरिरहेको अवस्थामा पछिल्टएर उक्त दुर्घटना भएको बताउदै सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले मृतक रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको उनले भने ।

 

सम्बन्धित समाचार