चन्द्रपुर नगरपालिकाले विपद प्रतिकार्य सामग्री सुरक्षा निकायलाई हस्तान्तरण

71 Shares

रौतहट, २७ असार । बर्षा यामको समयमा अकस्मात आइपुग्ने विपदको समयमा उद्धार कार्यमा सहयोग हेतु चन्द्रपुर नगरपालिकाले विपद प्रतिकार्य सामग्री स्थानीय सुरक्षा निकायलाई हस्तान्तरण गरेका छन् ।
मनसुनी बर्षाबाट अकस्मात आइपर्ने विपदको घडिमा सहयोग तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरुलाई मद्दत पुग्ने उद्देश्यबाट चन्द्रपुर नगरपालिकाको मेयर संजयकुमार काफ्लेले नेपाली सेना, इलका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सन्तपुरलाई विपद प्रतिकार्य सामग्री हस्तान्तरण गरेका हुन् ।
स्थानीय तहमा विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मेयर काफ्लेले नगरपालिका भित्र आइपर्ने विपद्को जोखिममा रहेका बस्ती तथा समुदायहरूको पहिचान गरी उनीहरुलाई विपदबाट जोगाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहकाय सामग्री हस्तान्तरण गरिएको उनले बताए ।
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले चन्द्रपुर नगरपालिका आफ्ना नागरिकलाई विपदबाट हुनसक्ने जोखिमबाट जोगाउन पूर्ण ढंगले प्रतिबद्ध भएर लागेको स्पष्ट पारे ।

सम्बन्धित समाचार