किशोरलाई विभत्स हत्या गर्ने दुई किशोर प्रहरी खोरमा

75 Shares

रौतहट, २७ असार । आँपको विषयलाई लिएर भएको विवादमा एक किशोरको विभत्स रुपमा हत्या गरियो ! हत्याको आरोपमा दुई किशोरलाई रौतहट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरे ।
रौतहट ईशनाथ नगरपालिका वडा नम्वर ३ स्थित नगर कार्यपालिकाको कार्यालय छेउमै रहेका आँपको वगैचामा गत मंगलवार राति ८.२० बजेको समयमा शौच गर्न गएका वडा नम्वर ९ लौतवनाका कंयुम मियाका १७ बर्षिय छोरा सहबाज मियाँलाई फलामको रड र धारिलो छुरा प्रहार गरेर विभत्स रुपमा हत्या गरियो ।
नगरपालिकाको कार्यालयमा कार्यरत नगरप्रहरीले आँपको बगैचामा केही घटना भएको बताएपछि प्रहरी तत्कालै घटनास्थलमा पुग्दा किशोर सहबाजको विभत्स तवरबाट हत्या भईसकेको थियो ।
प्रहरीेले हत्या भएकै राति आरोपितहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरेर जिल्ला अदालतबाट कत्र्तव्य ज्यान कसुरामा म्याद थप गराएर आवश्यक अनुसन्धान गर्दा आँप टिपेको विषयमा यस्तो घटना भएको पक्राउ परेका दुई युवकले प्रहरी समक्ष कबोल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं डिएसपी एलिजा गिरीले भनिन ।
डिएसपी गिरीका अनुसार, किशोरको हत्याको आरोपमा बौधीमाई नगरपालिका वडा नम्वर १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ नपा ३ स्थित मामा घर बस्दै आएका १८ वर्षीय दशैं साह र उनका १९ वर्षीय साथि रोशन साहलाई सोही राति पक्राउ गरेर हिजो साँझ ५ बजे सार्वजनिक गरिएको छ ।
प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार, पक्राउ परेका मध्ये दशैं र रोशनले प्रहरीलाई दिएको वयानको आधारमा पछाडिबाट अनुहारमा रड प्रहार गरेका थिए भने भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक धारिलो चाँकु प्रहार गर्दा किशोरको घटनास्थलमै मृत्यु भएको थियो ।
डीएसपी गिरीका अनुसार, मृतक आलम मंगलबार राति शौच गर्न गएको बेला दशई र रोशनले उनलाई आँपको बगैँचामा समातेर हमला गरे । घटनाको एक दिन अघि मृतक आलमले आफना १० वर्षीय भाई साबिर मियाँ आलमसँग आँप टिपेको विवादका कारण दशईलाई थप्पड हानेका थिए । सोही घटनाको बदला लिन दशईले साथी रोशनसँग मिलेर आलमको हत्या योजना बनाएर अंजाम समेत दिए ।
दुवैजनालाई हिरासतमा राखेर कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी गिरीले भनिन ।

सम्बन्धित समाचार