कालको मुखबाट निस्किन सफल भएका यात्रुको जुवानी

89 Shares
रौतहट, २८ असार । उपचार गराएर गणपति डिलक्सबाट घर फर्किदै गरेका यात्रु हामफालेर ज्यान त जोगाएर तर संगै बसेका यात्रुलाई बचाउन सकिएनन् ।
अहिले समाजिक संजालमा भाइरल भएको भिडियोमा हामफालेर ज्यान जोगाएका यात्रुले चार दिन अघि उपचार गराउन काठमाडौं गएका थिए, उपचार गराएर गणपति डिलक्सबाट घर फर्किदै गरेको अवस्थामा पहिरा आएर बस बगाउन थालेपछि क्यानबाट क्याबिनको झ्यालबाट हामफालेर ज्यान जोगाए तर सामानहरु त्यसैमा छुट्यो उनले भनेको प्रष्ट रुपमा बुझिन्छ ।
काठमाडौंबाट रौतहटको गौर तर्फ आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना यात्रु हामफालेर जीवन जोगाए । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसबाट नारायणगढ ल्याइएको छ । अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे भनेको भिडियो अहिले समाजिक संजालमा भाइरल भएको छ । वृन्दावनको सिसवा धमौरा, देवाही गोनाहीको करुनीया र मटिअर्वाको मानिस बाच्न सफल भएको भिडियोमा सुन्न सकिन्छ ।
ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् । एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम्झाएको सुनिन्छ । ६ दिन अघि पेट दुखेको समस्या लिएर वृन्दावन नगरपालिकाको सिसवाधमौराको व्यक्ति काठमाडौं गएका थिए । फर्किने क्रममा यस्तो दुखद घटना भए जसमा बल्ल तल्ल ज्यान जोगियो उनले भने । आफू संगै अन्य एक जनालाई उद्धार समेत गरेको भनेको भिडियोमा सुन्न सकिन्छ ।
आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौं तर्फ गईरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ आउदै गरेको नम्बर नखुलेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले बगाई त्रिशुलीमा वेपत्ता भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । घटनास्थलमा व्यापक संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेर खोजीकार्य तथा पहिरोलाई पन्छयाउने कार्य जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।