त्रिशुलीमा खसेर वेपत्ता भएका बसमा दुई परिवारको ८ जनाको अवस्था अज्ञात, शोकमग्न दुई गाउँमा चुल्हो जलेनन्

119 Shares

तराई टप अनलाईनका संस्थापक एवं सम्पादक प्रभातकुमार झाको स्थलगत रिपोटिंगका आधारमा तयार पारिएका समाचार

रौतहट, २८ असार । लेदो सहितको पहिरोको कारण गणपती डिलक्स त्रिशुलीमा खसेर वेपत्ता भएपछि दुई गाउँमा आज चुल्हो बलेको छैन भने रौतहट शोकमा डुबेका छन् ।
भोली विहानै घर आइपुग्छु बुवाले भनेका थिए तर विहानै ओच्छ्यानमै रहदा गणपती डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएको खवर आएपछि आफूलाई के भयो कल्पना गर्नु वा बखान गर्नु साध्य नै छैनन् सुकनकुमार साह बनियाले भने ।
बौधीमाई नपाको मटिअर्वा शोकमग्न


रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर ३ मटिअर्वा गाउँका ५८ बर्षिय परसुराम साह बनियाको छोरा कृष्णनन्दन साह बनिया नेपाली सेनामा भर्ना भई असार २६ गते पासआउट भएको अवसरमा घरपरिवारका सदस्यहरु खुशीयाली साटासाट गर्न परसुराम संगै ५५ बर्षिय श्रीमती मिना देवी साह, २५ बर्षिय माइलो छोरा सरोज साह बनिया, भारत विहार पुर्वी चम्पारण जिल्ला पताही थाना बखरीबजार नजिकै वितछवा गाउँ घर भएका छोरी ज्वाई २८ बर्षिय नरेश साह बनिया र २४ बर्षिय छोरी रिंकु देवी साह असार २५ गते मंगलवार गणपती डिलक्सबाट काठमाडौं गएका थिए ।
छोरा कृष्णन्दन पासआउट भई खुशीयाली साटासाट गरेर पुनः गणपती डिलक्सबाट घर फर्किरहेको अवस्थामा आज विहान ३.३० बजेको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्वर २९ सिमतालमा लेदो सहितको पहिरोमा परी बस त्रिशुली नदीमा खसेर बेपत्ता भए । सोही बसमा यात्रा गरिरहेका तिन जना यात्रु हामफालेर बाच्न सफल भए । सोही क्रममा परसुरामको माइलो छोरा सरोजपनि जोगिन सफल भएको तथा अन्यको अवस्था अझै अज्ञात रहेका छन् ।
आज दिउसो मटिअर्वा स्थित परसुरामको घरमा जाँदा उनका जेठा छोरा सुकनकुमार साह बनियाले बुवा संग राति १२ बजे अन्तिम पटक कुरा भएका थिए । “भोली विहानै घरमा आईपुग्छु, भतिजीको विहेमा जसरी भएपनि सहभागी भईहाल्छु चिन्ता नलिनु भने” तर त्यही कुरा अन्तिम हुनेछ भने कल्पना एवं पत्याउने खालको लागेन उनले यसरी दुखेसो पोखे ।


उनको घर वरिपरी सिंगो गाउँहरुले उपस्थित भई दुखको समयमा सबै साथ रहेका छन् । कसैको घरमा चुल्हो बलेको छैनन् । उनीहरु साफ शब्दमा भन्ने गरेको छ, केही त पत्ता लागोस अवस्था कस्तो छ । सिंगो मटिअर्वा गाउँमा आज चुल्हो जलेको छैनन् ।
“परसुराम चढेको बस त्रिशुलीमा खसेको खवर सुनेपछि भारतमा रहेका छेठी छोरी संजिता देवी साह सहितका आफन्तहरुको उनको घरमा ताँती लागेको छ । उनीहरुको आँखा सराएको छ, आँखाबाट झलझली आशु बगिरहेका छन्, रुदै छान् कराउदै छन्, आमा बाबा, बहिनी ज्वाई भनेर कराउदै गरेको अवस्थाको वर्णन गर्न साध्य छैनन्, त्यहाँ एकदमै आफन्तको चित्कारले जो कोहीको मनलाई भावव्हिल बनाइरहे” ।
स्थानीय विक्रम गुप्ताका अनुसार नेपाली सेनामा छोरा जागिरे हुने भनेर पासआउट कार्यक्रममा बुवा आमा, बहिनी ज्वाई र दाई गएका मध्ये दाई हामफालेर जोगिन सफल भएपनि चार जनाको अवस्था अज्ञात रहदा मटिअर्वा गाउँ आज पूर्ण रुपमा शोकमग्न अवस्थामा रहेको बताए । उनले भने परसुरामको भाई सरेन्द्र साह बनियाको छोरी प्रियंकाकुमारीको आज विहेवारी थिए तर यस प्रकारको घटनाबाट विहेवारी नै रोकिनुपर्ने अवस्था सृजना भएको छ । अन्तै अर्को गाउँ इनरवारीमा लगेर विहेको विधि पुरा गरिने उनले भने ।
गरुडा नपा ९ सिसवा शोकमा डुब्यो


गरुडा नगरपालिका वडा नम्वर ९ सिसवा टोलीका ५० बर्षिय जुगेश्वर राय यादव ७ बर्षिय छोरा अशोक यादव सहित २७ बर्षिया छोरी अमृता यादव ढाई बर्षको नाति शिवशंकर यादव र डेढ बर्षको नातिनी सहित उपचार गराउन असार २० गते काठमाडौं गएका थिए ।
सरकारी र नीजि अस्पतालमा उपचार गराएर गएराति गणपति डिलक्समा चढी रौतहट तर्फ आउने क्रममा दुखद दुर्घटनामा परेर बस वेपत्ता भए । त्यसमा छोराछोरी तथा नातिनातिनी सहित चार जना वेपत्ता भएपनि आफू क्याविनबाट हामफालेर बाँचेपनि चार जनाको अवस्था अझै अज्ञात रहेको छ ।
उनको गाउँ सिसवामा पुग्दा श्रीमती उमादेवी यादव अचेत अवस्थामा छिन् भने १८ बर्षिय जेठा छोरा सन्तोष यादव छिन छिनमा मुर्छा परिरहेको छ । ७ बर्षिय अशोकको पेटमा रहेको दर्दको उपचार गराउन र छोरीको ढाडमा रहेको समस्यालाई परिक्षण गराएर फर्किदै गर्दा कालरुपी पहिरो र त्रिशुलीमा समाए तर अहिले सम्म केही अत्तोपत्तो नरहदा उमादेवी छिनछिनमा अचेत भईरहेकी छिन् ।
शोकमग्न भएका सिसवाको उक्त परिवारलाई दुखको घडीमा धर्यधारण गर्न गरुडा नगरपालिकाको मेयर कन्थमुणी प्रसाद जयसवाल उनको घरमा गएर धर्यता राखेर काम गर्न आग्रह गरे । सिसवा गाउँमा पनि आज चुल्हो जलेको छैनन् ।
आज रौतहट जिल्लालाई ठूलो अपूर्णीय क्षति भएको छ । जताततै उक्त घटनालाई स्मरण गर्दै छिटो भन्दा छिटो उद्धारको कार्य गरेर वेपत्ताहरुको अवस्था पत्ता लगाउन सरकार संग माग गरेका छन् । सिंगो रौतहटबासी शोकमा डुबेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त तथ्याँक अनुसारको गणपती डिलक्स त्रिशुली नदीमा दुर्घटनामा परेका मानिसहरुको नामावली विवरण 
१) जिल्ला रौतहट बौधीमाई न.पा. १ बस्ने विसुनी राउतको छोरा वर्ष अं. ७० को बली राउत पटेल (बेपता)
२) ऐ.ऐ. बस्ने देवराज यादवको छोरा वर्ष अं. ५५ को हरिचन्द्र यादव (बेपता)
३) ऐ. न.पा. २ बस्ने किसोरी पटेलको छोरा वर्ष अं. १८ को राज पटेल (बेपता)
४) ऐ. न.पा. ३ बस्ने वर्ष अं. ६५ को पर्शुराम साह बनिया (बेपता)
५) ऐ.ऐ. बस्ने पर्शुराम साह बनियाको श्रीमती वर्ष अं. ६० कि मिना देवी साह (बेपता)
६) देश भारत बिहार मोतिहारी बस्ने वर्ष अं. ३८ को नरेश साह बनिया (बेपता)
७) ऐ.ऐ. बस्ने नरेश साह बनियाको श्रीमती वर्ष अं. ३५ कि रिन्कु साह बनिया (बेपता)
८) जिल्ला रौतहट बौधीमाई न.पा. ४ बस्ने छोटेलाल प्रसाद जैसवालको छोरा वर्ष अं. १९ प्रिन्स जैसवाल (बेपता)
९) ऐ.ऐ. बस्ने कमलदेव राउतको छोरा वर्ष अं. ३५ को अकलु राउत पटेल (बेपता)
१०) ऐ.ऐ. बस्ने राजहरण पटेलको छोरा वर्ष अं. २७ को गुडु पटेल (बेपता)
११) ऐ. न.पा. ३ बस्ने पर्शुराम साहको छोरा वर्ष अं. २६ को सरोज प्रसाद गुप्ता (सकुशल)
१२) ऐ. कटहरिया न.पा. १ भसेरवा बस्ने बुधन दासको छोरा वर्ष अं. २२ को सिनोज दास (बेपता)
१३) ऐ. माधबनारायण न.पा. ३ सखुअवा बस्ने भगल रायको छोरा वर्ष अं. २२ को लक्ष्मण यादव (सहचालक) (बेपता)
१४) ऐ. यमुनामाई न.पा. ४ सरुअठा बस्ने वर्ष अं. १८ को सहुप मिया (बेपता)

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।