छुरा प्रहारबाट कैफ घाईते

   कार्तिक १, २०७८  
487 Shares

तराई टप संवाददाता
रौतहट, १ कार्तिक । रौतहट सदरमुकाम गौरमा शनिबार राति छुरा प्रहारबाट एक युवक गम्भीर घाईते भएको छ ।
गौर नगरपालिका वडा नम्वर ५ सपगढा बस्ने मोहम्मद कैफलाई कबिर चौक भएर घर तर्फ जाने क्रममा केही व्यक्तिहरुले उनलाई लखेटेर छुरा प्रहार गरेका थिए । व्यक्तिगत रिसिइवीको कारण दुई जनाको संख्यामा रहेको ति व्यक्तिहरुले युवक कैफलाई छुरा प्रहार गरेको पिडित परिवारले जनाएका छन् ।
युवक कैफ छुरा प्रहारबाट गम्भीर घाईत भएको अवस्थामा उनलाई केही स्थानीयहरु गौर अस्पतालमा भर्ना गर्दा प्राथमिक उपचार पछि थप उपचारको लागि उनलाई बिरगंज लगिएको छ । उनको टाउको र पेटमा चोट लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै