191
Shares
रौतहट, ३१ असार । नेपाली काँग्रेसको समर्थनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौंथो पटक प्रधानमन्त्री बनेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री ओलीलाई बधाई दिदै समाजिक संजाल एक्समा नेपाली प्रधानमन्त्रीको रुपमा नवनियुक्त हुनु भएका ओलीको कार्यकाल सफल एवं फलदायी होस भन्दै शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै मोदीले दुई देश बीच सदियौं देखि रहेका मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताए । ‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार रहेको छु’, भारतीय प्रधानमन्त्री एक्समा यसरी लेखेर ओलीलाई बधाई दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन