रौतहट, ३१ असार । रौतहटको गढिमाई नगरपालिका स्थित वागमती नदीमा नुहाउने क्रममा एक बालक डुबेर वेपत्ता भएको छ ।
गढिमाई नगरपालिका वडा नम्वर ३ लक्ष्मिपुर गाउँका हस्बुद्दिन कवाडीका १० बर्षिय छोरा सफर कवाडी बाल शखा संगै वागमती नदीमा नुहाउन जाँदा सोमवार दिउसो १ बजेको समयमा डुबेर वेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको हो ।
घरबाट वागमती नदीमा नुहाउन बालक कवाडी संगै १३ बर्षिय सैदुला कवाडी पानीमा डुब्न लाग्दा स्थानीयहरुले उद्धार गरेको तर डुब्ने क्रममा पानी खाएर घाईते बनेपछि निजको गरुडा स्थित रोमा अस्पतालमा उपचार भईरहेको तथा निजको अवस्था खतरामुक्त रहेको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
अर्का ८ बर्षिय बालक हसर कवाडी सकुशल रहेको र वेपत्ता बालकलार्य सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा रबर बोट सहितको टोलीले खोजी कार्यलाई जारी राखेको एसपी हुमागाईले बताए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन