रौतहट, २ साउन । सुनको मूल्य इतिहासमै ठूलो उचाईमा पुगेका छन् । बुधवार सुनको मूल्य डेढ लाखको हाराहारीमा पुगेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला १ लाख ४९ हजार ८ रुपैयामा कारोवार भईरहेको छ । अघिल्लो दिनको तुल्नमा आज दुई हजार रुपैयाले वृढि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार (साढे १० बजे) सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको बताइएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा मूल्य समायोजन हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम एच पावेलले सोमबार मात्रै ब्याजदर कटौतीका लागि अब मुद्रा स्फिति कुर्न नपर्ने प्रतिक्रिया दिएका थिए । उनको यहीं भनाइका कारण अमेरिकाले ब्याजदर घटाउने विश्वास लगानीकर्तामा बढेको र त्यसले सुनको मूल्य उचाइमा पुगेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन