121
Shares
बेइजिंग, एजेन्सी । चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा अवस्थित एक सपिंग सेन्टरमा आगलागि हँुदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।
चीनको सरकारी मिडिया एजेन्सीका अनुसार सिन्हुआन प्रान्तको जिगोङ सहरमा रहेका १४ तल्ले सपिंग सेन्टरमा बुधवार साँझ आगलागि भएका थिए । सो आगलागिमा परेर कम्तीमा १६ जनाको ज्यान गएको हो भने ३० जनालाई जीउदै उद्धार गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न गरिएको छ । हाल आगलागीको कारण खुल्न नसकेपनि प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको आशंका गरिएका छन् ।
चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँको मुस्लो निस्किरहेको देखिएको छ ।
श्रोतः ग्लोबल टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन