पछिल्लो २४ घण्टामा ५९१ कोरोना संक्रमित भएको पुष्टि

तराई टप संवाददाता
काठमाडौं, १ कार्तिक । गएको २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा ५९१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जनामा रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सोमबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ५६० पुगेको छ । कोरोना संक्रमणबाट नेपाल मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ भने ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् । जसमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।