लखनउ, एजेसी । भारतको उत्तर प्रदेशको गोंडामा विहिवार दिउसो रेल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
उत्तर प्रदेशको गोंडामा चण्डीगढ–डिब्रुगढ एक्सप्रेस आज दिउसो दुर्घटना हुँदा तिन जनाको निधन भएको प्रारम्भीर जानकारी मिडिया रिपोर्टका माध्यमबाट प्राप्त भएका हुन् ।
चण्डीगढ–डिब्रुगढ एक्सप्रेसको धेरै डिब्बाहरु पटरीबाट खसेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उद्धारका लागि उद्धार टोली घटनास्थलमा पठाइएको छ । घटनास्थलका दृश्यहरूले यात्रुहरूलाई रेलबाट ओर्लिरहेको देखाएको छ ।
रेल्बेले जारी गर्यो हेल्पलाईन नम्वरहरु
चण्डीगढ–डिब्रुगढ एक्सप्रेस पटरीबाट खसेपछि रेलवेले हेल्पलाइन नम्बरहरू जारी गरेको छ । गुवाहाटी स्टेशनको हेल्पलाइन नम्बरहरू हुन् – ०३६१–२७३१६२१, ०३६१–२७३१६२२, ०३६१–२७३१६२३ रहेको छ ।
ट्रेन चण्डीगढबाट आउँदै थियो र घटना यूपीको गोंडा–मानकापुर खण्डमा भएको बताइएको छ । रेलका १५ डब्बा पटरीबाट खस्दा कम्तिमा तीन जनाको मृत्यु भएको र करिब २७ जना घाइते भएका समाचारमा जनाइएको छ । एसी कोचका डिब्बाहरु पटरीबाट खसेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
श्रोतः पीटीआई, एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन