71
Shares
रौतहट, ४ साउन । सीमापारी भारतीय बजारबाट किनेर अबैध रुपमा राजस्व छलेर नेपाल भित्रयाइएका १ लाख ८ हजार मूल्य बराबरको किराना सामान नेपाल प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट जारी भएको प्रेस नोटमा जिल्ला प्रहरी कार्यालय सहित मातहतका विभिन्न युनिटहरुबाट खटिएका गस्ती टोलीले राजस्व छलेर अबैध रुपमा नेपाल भित्रयाइएका किराना सामानहरु बरामद गरेको हो ।
एक लाख ८ हजार २३५ रुपैया मूल्य बराबरको किराना तथा कपडा लगायतका सामानहरु आवश्यक कारवाहीका लाग गौर भन्सार कार्यालय दाखिला गराइएको रौतहट प्रहरीका एसपी दिलिप घिमिरेले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन