रौतहट, ५ साउन । सशस्त्र प्रहरीले शुक्रवार मध्य राति २० क्यु फिट सालको गोलीया सहित एक भारतीय नम्वरको टाटा सफारी जिपलाई नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीको एफओबी जंगलसहियाबाट खटिएका नियमित गस्ती टोलीले गएराति १२.४ मिनेटमा गुजरा नगरपालिका वडा नम्वर ४ लाल बकैया खोला भएर एचपी ३१ सीओ ७७३ नम्वरको भारतीय टाटा सफारी जिपमा अबैध रुपमा जंगलबाट २० क्यू फिट सालको गोली राखेर लगिरहेको अवस्थामा नियन्त्रणमा लिन सफल भएका हुन् ।
सशस्त्र प्रहरीलाई देख्नासाथ जीप छाडेर रातिको समयमा भाग्न सफल भएपनि बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएका भारतीय नम्वरको टाटा सफारी जिप सहित २० क्यु फिट काठलाई आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय जंगलसहियामा जिम्मा लगाइएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
एसपी हुमागाईका अनुसार २० क्यु फिट काठ र भारतीय नम्वरको टाटा सफारी गरेर १५ लाख ६० हजार मूल्याँकन गरेर कारवाहीको लागि वन कार्यालयमा बुझाइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन