जनकपुरधाम, ६ साउन । विभिन्न मागहरु राख्दै जानकी आँखा अस्पताल जनकपुरधाममा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् ।
जानकी आँखा अस्पताल सञ्चालन समितिका सभापति नरेशप्रसाद सिंहले एक्लौटी एवं मनोमानी ढंगबाट गरेको निर्णयबाट अस्पतालको अस्तित्व माथि प्रश्न चिन्ह खडा भएको भन्दै कर्मचारीहरुले अस्पतालको गुणस्तरीयता, कर्मचारी सेवा सुविधा र अस्पतालमा करारका कर्मचारी भर्ना गरेर भएका करोडौँ रुपैयाँको अनियमितताको छानबिन गर्न आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलनकै क्रममा गत शुक्रबार संघीय सरकारका दुई जना पूर्व स्वास्थ्य राज्यमन्त्री सहितको टोलीले अस्पताल घेराउ गरेका थिए । घेराउका क्रममा आक्रोशित भिडलाई नियन्त्रण गर्न खोज्दा अस्पतालका एक जना कर्मचारी दुव्र्यवहार शिकार भए ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा केही कर्मचारी र पूर्व मन्त्री सहितको टोलीबीचको घम्साघम्सीलाई साम्य पार्न धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले छलफलको लागि दुवै पक्षलाई बोलाए । छलफलको क्रममा प्रमुख जिल्ला अधिकारीले कर्मचारीकै पक्षमा केन्द्रित भएपछि पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य रामसिंह यादवले सत्यतथ्य बुझेर छानबिन गरी अस्पताललाई बचाउनका लागि गम्भीर हुन आग्रह गरेका थिए ।
यता आन्दोलनरत्त कर्मचारीहरुले पटक पटक लामो समयदेखि अस्पतालको काम कारबाहीलाई व्यवस्थित पार्न, कर्मचारीको हकहित संगै अस्पतालको संरक्षण तथा संवद्र्धनका लागि आवाज उठाउँदै आएको छ । आन्दोलित कर्मचारीहरुले सात बुँदे माग राख्दै धर्नामा बसी प्रदर्शन गरिरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन