काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको नाममा ठगि गर्ने ठगलाई कानुनी डायरामा ल्याएर कारवाही गर्ने प्रतिबद्धता जनाए ।
संघिय प्रतिनिधि सभामा आईतवार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कानुनी कठघेरामा उभ्याई कारवाही गराउने प्रतिबद्धता जनाउदै सुशासन, भ्रष्टाचारमुक्त व्यवस्था र अमनचैन को पक्षमा रहेर सरकारले आफनो कार्यलाई अघि बढाउने बताए ।
उनले भने, “भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहदैनौं, कसैलाई भ्रष्टाचार गर्न दिन्नौं” । भ्रष्टाचार र अख्तियारको दुरुपयोग सँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताए ।
भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको उदघोष गर्दै “यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाए ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन