१० मिनेटको अन्तरालमा दुई पटक भुकम्पको धक्का महसुस

तराई टप संवाददाता
रौतहट, १ कार्तिक । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएको १० मिनेटको अन्तरालमा सोमबार दिउँसो लगातार दुई पटक भूकम्प धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा समान ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको कारण क्षति भएको विवरण प्राप्त भएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।