सर्लाही, ७ साउन । सोमवार विहान धारिलो हतियार प्रहार गरेर पूर्व राज्पयमन्त्रीको हत्या गरिएको गुत्थि सुल्झाउन तालिम प्राप्त कुकुरको मद्दत लिइएको छ ।
सर्लाही चन्द्रनगर गाउँपालिका वडा नम्वर १ रतनपुर स्थित आफनो घरमा रहेका ८० बर्षिय रामचन्द्र राय सुत्न गएको समयमा राति १ बजेको समयमा ओछ्यानमा उतानो परेर सुतेको अवस्थामा मृत शव देखेका घरमा काम गर्ने कविलासी नगरपालिका ३ का २१ बर्षिय रामउदेन रायले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मोहनपुरलाई खवर गरेका थिए ।
मलंगवाबाट धानखेती गराउनका लागि गत साता देखि चन्द्रनगरको रतनपुर स्थित पुख्यौली घरमा बस्दै आएका थिए । घरमा रहेका आफन्त समेत रहेका कामदार रामउदेशनले प्रहरीलाई दिएको जानकारी अनुसार राति ९ बजेको समयमा नचिनेका ३ जना अपरिचित व्यक्तिहरु आएर मन्त्रीज्यू संग कुरा गर्दै थिए सोही वेला मन्त्रीजीले मलाई सुत्न जा भनेपछि सुत्न गए तर राति १ बजेतिर उठेर उक्त कोठामा जाँदा मृत अवस्थामा देख्दा आफू झसंग भए ।
तत्कालै प्रहरीलाई खवर गरे । हत्या गरिएका पूर्व राज्य मन्त्री रायको वायाँपछिको भागमा धारिलो हतियार प्रहार गरिएको छ । सर्लाहीका एसपी रबिन्द्रबहादुर सिंह आफै घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाए । त्यती मात्रै नभई तालिम प्राप्त कुकुर विहान ४ बजे ल्याएर अनुसन्धान सुरु गरियो ।
घटनाको खवर पाउना साथ मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल समेत घटनास्थलमा पुगेर सुक्ष्म ढंगबाट अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृतक रायको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
२०५६ सालको संसदीय निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहको शाहीकालमा राज्यमन्त्री भएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन