विरगञ्जलाई कर्मथलो बनाएर राष्ट्रिय राजनीति सहित विभिन्न सन्दर्भमा निरन्तर रुपमा आफनो लेख एवं स्तम्भबाट मार्ग निर्देश गराउदै आएका वरिष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर यसबर्षको “कर्मयोगी बद्रीविक्रम थापा” स्मृति पुरस्कारबाट सम्मानित हुने भएका छन् ।
कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्धारा जारी गरिएका प्रेस नोटमा विगत तीन दशक देखि प्रत्येक बर्ष साउन महिनाको ११ गते उनकै स्मृतिको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ, यसैक्रममा वरिष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर उक्त पुस्कारबाट सम्मानित हुने गौरव प्राप्त गरेका हुन् ।
आफ्नो सत्कर्म, स्तम्भ लगायत विभिन्न माध्यमबाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका संस्था र व्यतिmलाई गुठीद्धारा स्थापित पुरस्कार सहित सम्मान हरेक वर्ष प्रदान गर्दै आएको छ ।
यसबर्ष पनि उक्त पुरस्कारलाई निरन्तरता दिर्दै पुरस्कार तथा सम्मान दुई जना व्यतित्वले पाउने गुठीका अध्यक्ष प्राध्यापक डा.सुरेश राज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको हो ।
वरीष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर र डा.संदुक रुईतलाई जनही २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित पुरस्कृत तथा सम्मानित हुने गुठीकी उपाध्यक्ष रमा शर्माले जानकारी दिइन् ।
गत असार २१ गते भएको गुठीको निर्णय अनुसार आफ्नो नियमित स्तम्भलेखनका साथै पत्रपत्रिकाहरुमा लेखको माध्यमबाट देशको विभिन्न सान्दर्भिक समस्याहरुलाई उठाई विश्लेषणात्मक रुपमा व्यतm गरेको विचार सहरणीय हुनुका साथै विशेषगरी मधेश प्रदेशका जिल्लाहरुको स्वास्थ्य, शिक्षा, जातिय विभेद, छुवाछुत र विकास निर्माणका क्षेत्रमा भएको त्रुटिहरुलाई औल्याउँदै आलोचनात्मक विश्लेषण र सुझाव सहितको सन्तुलित प्रस्तुती तथा राष्ट्रिय आत्मसम्मानको भावना अभिवृद्धि गर्दै समग्र मधेश पहाड हिमाल लगायतका क्षेत्रमा बसोबास गर्ने आम नेपालिहरुको भाषा , संस्कृती साहित्य लगायतका विषयमा पनि आफ्नो लेखन मार्फत उजागर गराउने प्रयास गर्दै आएको कुरा स्वागतयोग्य रहेकोले वरीष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोरलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरिएको जनाएको छ ।
उक्त पुरस्कार यही श्रावण ११ गते दिउसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौ, प्रज्ञा सम प्रेक्षालयको सभाहलमा वितरण गरीने गुठीका कोषध्यक्ष किरण थापाले जनाए ।
वरिष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर विगत तीन दशक अघि सर्लाहीको बलरा गाउँबाट निस्किएर पर्सा सदरमुकाम वीरगञ्जलाई कर्मथलो बनाएर निरन्तर रुपमा कलम चलाउदै आएका छन् । समग्र देशको हित, जातिय भेदभाव, शिक्षा, स्वास्थ्य, सडक, कुरिती, समाजिक असमानता लगायत विभिन्न क्षेत्रमा सकारात्मक सुधारको पक्षमा निरन्तर रुपमा लेखको माध्यमबाट राज्यको ध्यानाकर्षण गराउदै आएको हुँदा उनलाई यसपालीको कर्मयोगी पुरस्कारबाट सम्मानित हुने गौरव प्राप्त भएकोमा तराई टप अनलाईन ले उनलाई बधाई दिनुका साथै अगामी दिनमा यस्तै समाज सुधारको पथमा निरन्तर रुपमा निर्भिक्ताका साथ कलम चलाउने हौसला प्रदान हुने अपेक्षा लिएको छ ।