जनकपुरधाम, ७ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले साउन महिनाको पहिलो सोमवारका दिन महोत्तरीको बर्दिवास नगरपालिका स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा पुजा अर्चना गरेका छन् ।
मुख्यमन्त्री सिंहले महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा पुजा अर्चना पश्चात यहाँको समुचित रुपमा पूर्वाधार विकास तथा व्यापक प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताए ।
साउनको पहिलो सोमबार टुटेश्वरनाथ महादेवमा पूजाअर्चना गर्नेहरुको घुइचो लाग्ने गरेको हुँदा यहाँको आन्तरिक पूर्वाधारको विकास भएपछि मात्रै पर्यटकहरुको घुइचो लाग्ने र यहाँका धार्मिक पर्यटनबाट स्थानीयहरुलाई रोजगारी प्रबन्ध हुने कार्यमा सघाउन पुग्ने स्पष्ट पारे ।
उनले पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व रहेको बताउँदै यस शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले भारतको झारखण्ड स्थित वैद्यनाथ धाममा महिनाभरी नै आउने पर्यटकले त्यसक्षेत्रका जनताको वर्षभरि आर्थिक भार धानिने उदाहरण दिँदै प्रदेशका धार्मिक महत्वका पर्यटकस्थलहरुको व्यापक रुपमा प्रचारप्रसार गर्न सकिए त्यस किसिमको परिणाम प्राप्त गर्न सकिनेमा जोड दिए ।
उक्त अवसरमा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले मुख्यमन्त्री सिँहलाई टुटेश्वरनाथ महादेव मन्दिरको विकास तथा विस्तारका बारेमा ध्यानाकर्षण गराएका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन