काठमाडौं, ९ साउन । त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको क्षेत्राधिकार भित्र सौर्य एयरलाइन्सको विमान दुर्घटना हँदा १८ जनाको मृत्यु भएका छन् ।
काठमाडौंबाट पोखराका लागि बुधवार विहान ११ बजे १९ जना यात्रुलाई लिएर उडेको विमान धवनमार्गमै बजारिदा उक्त दुखद दुर्घटना भएका हुन् ।
काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।
सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाजको इन्जिनलाई पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा लगिदै थिए । पोखरामा एक महिना मेन्टेनेन्स गरिने भनेर विहान ११ बजे प्राविधिक प्रयोजन परीक्षणका लागि जहाज उड्न खोज्दा धवनमार्ग मै बजारिएर दुर्घटना भए जसमा सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जहाजमा सवार १९ जना मध्ये एक जनालाई जिवितै उद्धार गरियो । एक जनाको मेएमसी उपचार भईरहेको छ । दुर्घटनामा परेर ज्यान गुमाउनु परेका १८ जनाको शवलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन