तस्वीर श्रोतः रातोपाटी
काठमाडौं, ९ साउन । दुर्घटनाग्रस्त सौर्य ऐयरको जहाजमा व्यवस्थापन समुहका चार जना महत्वपूर्ण व्यक्तिलाई सौर्यले गमाउनु परेको छ ।
बुधवार विहान ११.११ मिमेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएर सौर्यको चार जना व्यवस्थापन समुहका सदस्य सहित प्राविधिकहरु गरेर १८ जनाको दुखद निधन भएको हो ।
सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना व्यक्ति सवार थिए जसमध्ये चालकको रुपमा रहेका मनिषरत्न शाक्यको केएमसीमा उपचार भईरहेको छ ।
सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौडेल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिसर) दिलीप बर्मा विमानमा सवार थिए ।
विमानमा सवारमध्ये व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।
विमानमा सवार १८ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले बताए ।
विमानमा सबार व्यक्तिहरुको नामावली
विमानमा अमित मान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार रहेको विवरण प्राप्त भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन