0
Shares
रौतहट, ९ साउन । रौतहटको गुजरा नगरपालिकाको सिम्री स्थित वन क्षेत्रमा तस्करले सालको रुख काटेर लुकाई छिपाइ राखेको अवस्थामा काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटले दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट खटि गएको संयुक्त गस्ती टोलीले गुजरा नगरपालिका वडा नम्वर ३ सिम्रीको वन क्षेत्रमा पर्ने धनसार खोला नजिक झाडीमा अबैध रुपमा चोरी कटान गरेर लुकाई छिपाई राखेको अवस्थामा सालको काठ बुधवार बरामद गरिएको हो ।
काठको अबैध कारोवार गर्ने कारोवारीले १२ वटा गोलिया सालको काठ (६१.६१ क्युफिट) को बजार मूल्य १ लाख ८५ मूल्य बराबरको काठ बरामद गरेर सव डिभिजन वन कार्यालय जंगलसहियामा बुझाएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकरी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन