नयाँ दिल्ली, एजेन्सी । भारत बहुध्रुवीय संसारमा देशलाई छनौट गर्न एवं सम्बन्ध राख्न स्वतन्त्र रहेको हुँदा यसमा कसैको हस्तक्षेप एवं दखलअन्दाजी गर्नु नहुने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको प्रतीकात्मकता र समयप्रति देश निराश भएको अमेरिकी अधिकारीको टिप्पणीमा प्रतिक्रिया दिँदै नयाँ दिल्लीले बिहीबार भन्यो कि सबै देशहरूसँग “आपसी सम्बन्ध” को आधारमा आफ्नो द्विपक्षीय सम्बन्ध निर्णय गर्न “छनोटको स्वतन्त्रता” रहेको हुन्छ, यसमा कसैको हस्तक्षेप सह्य हुदैनन् ।
भारतको रूससँग देशको लामो समय देखिको सम्बन्ध रहेको हुँदा भारत रुस सम्बन्ध बारेमा कसैले टिप्पणी गर्न मिल्दैनन उनले जोड दिए ।
मिडियासँग कुरा गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, “हामीले बुझ्नुपर्छ कि रुससँग भारतको लामो समय देखिको सम्बन्ध रहेको छ जुन आपसी हितमा आधारित छ । बहुध्रुवीय संसारमा, सबै देशहरूमा छनौट गर्ने स्वतन्त्रता छ, त्यस्ता वास्तविकताहरूलाई सबैले सजग भई एक अर्काको सम्बन्धलाई कदर गर्नु आवश्यक बताए ।”
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन