मधेश प्रदेशका जिल्लाहरुमा अपराधिक क्रियाकलापमा वृद्धि हुनुका साथ हत्या हिंसाको घटनामा ह्वातै वृद्धि भएको । मधेश प्रदेश प्रहरी मुख्यालयको कमाण्ड सम्हाले देखि नै यस प्रदेशमा अपरापको घटनामा बढ्दै गएका छन् ।
अपराधिक कार्यलाई नियन्त्रण गर्न सादा पोशाकमा परिचालित प्रहरी आफनो काम र कत्र्तव्य विर्षेर आर्थिक चलखेलमा लागेपछि अपराधिक कार्यमा विस्तारै विस्तारै वृद्धि हुँदै गएका पनि सम्बध निकाय एवं नियमनकारी निकाय मात्रै छानविन एवं अनुसन्धानमै समय व्यतित गरी झारो टार्ने भईरहेका हुन् ।
पछिल्लो समयमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर १ रतनपुर गाउँमा खेतीकिसान गर्न एक साताको लागि आफैनो पुख्यौली घरमा बस्दै आएका पूर्व राज्यमन्त्री एवं राप्रपाको केन्द्रीय सदस्य ८० बर्षिय वृद्धको धारिलो हतियार प्रहार गरे हत्या गरियो । पूर्व राज्यमन्त्री जस्तो व्यक्तिको हत्या हुनु अत्यन्तै दुखद भएपनि अहिले सम्म मुख्य अभियुक्तलाई समात्न प्रहरी सकेका छैनन् ।
यस्तै रौतहटको मौलापुर नगरपालिका वडा नम्वर ६ पथरा बुधरामबाट भारतको बिहार पूर्वी चम्पारण जिल्लाको घोडासहानमा बाबा ग्याँङका २० वर्षीय मोनुकुमार जैसवाललाई कटुवा पेस्तोल र दुई राउण्ड गोली सहित रौतहट पक्राउ गरे । पक्राउपछि थाहा भयो, उनी घोडासहनमा सक्रिय ‘बाबा ग्याङ’ नामको आपराधिक समूहमा रही लुटपाट, हत्या, भन्सार चोरी तस्करीमा संग्लन रहेछन् ।
गत जेठ ३१ गते बाराको आदर्श कोतवाल नगरपालिका नगरपाकिला वडा नम्वर २ खजुरिया गाउँ स्थित घरबाट सदरमुकाम कलैया जाने क्रममा रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरियो ।
गत कार्तिक १३ गते कलैया उपमहानगरपालिका वडा नम्वर ६ मदर्सा टोलमा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका संचालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रूपेश सर्राफको गोली हानी हत्या गरियो ।
नेपालमा अपराध गरेर भारतमा सेल्टर लिने र भारतबाट आएर नेपालमा हिंसा मच्याउने । जस्तो कि, शिक्षक रूपेश सर्राफको हत्या काण्डमा प्रहरीले कलैया उपमहानगरपालिका–६ मदर्सा टोलका २२ वर्षीया राधा गुप्ता, भारत मोतीहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटीका २३ वर्षीय चन्दन कुमार र भारत मोतीहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ बहार्वाकाला–१२ का २३ वर्षीय अभिनवकुमार राजपुतलाई पक्राउ गरेको थियो । यतिबेला यी सबै अदालतको आदेशमा पुर्पक्षका लागि कारागार रहेका छन् ।
रौतहटको मौलापुरबाट पक्राउ परेका जैसवाल ३÷४ महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई आक्रमण गरेको घटनामा जेल बसेर छुटेका व्यक्ति हुन् । जेठ २२ मा जैसवालकै समूहले रौतहटको बौधिमाई नगरपालिका–८ का अरबिन्दकुमार दासलाई सहकारीको १७ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक मौलापुरमा जम्मा गर्न मोटरसाइकलमा ल्याउँदै गर्दा गोली हानी फरार भएको थियो । गोली लागी दास घाइते भए पनि लुटेराले लुटपाट गर्न सकेका थिएनन् ।
प्रहरी श्रोतले भन्छन्, की मधेश प्रदेशका जिल्लाहरूमा पुनः हत्याका घटना बढ्न थालेको बताए । ‘सबैभन्दा पहिला जिल्ला प्रहरी प्रमुख कमाण्डरको काम गराईमा भर पर्छ । उसले अपराधसित सम्झौता गर्छ कि गर्दैन भन्नेमा पनि भर पर्छ,’ ति श्रोले भने, ‘नेपाल–भारत खुला सीमा, विगतको सशस्त्र समूहको गतिविधि, राजनीतिक गतिविधिले पनि हत्याको घटनाले प्रश्रय पाएको हुन सक्छ ।’
मधेशमा गोली प्रहार गरी व्यक्तिको ज्यानै लिने घटनाको शृंखला लामो छ । २०८० चैत २ रौतहटको परोहा नगरपालिका–९ मा स्थानीय २६ वर्षीय नितेश साहलाई मोटरसाइकलमा आएका तीन भारतीयले दिउँसै गोली हानी घाइते बनाए । प्रहरी अनुसन्धानबाट थाहा भयो, परोहा बजारमा शिव मनि ट्रान्सफरका सञ्चालन गरेर बसेका साहमाथि भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहको समूहले गोली प्रहार गरेको रहेछ । टाउकोमा गोली लागी घाइते साहलाई उपचारका लागि वीरगन्ज लगियो भने स्थानीयले भारतीय नम्बरको मोटरसाइकलमा भाग्नै लाग्दा नियन्त्रणमा लिए । यो घटनामा प्रहरीले घटनास्थलबाट १ थान पेस्तोल र गोली बरामद गरेको थियो । पक्राउ परेका तीनै जना यसअघि पनि लुटपाट र हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।
रिसइबी साँध्न होस् वा लुटपाट गर्न भारतीय आपराधिक समूहको सहयोग लिने वा भारतीय मोटरसाइकल वा भारतीय सीमकार्डको प्रयोग गरेर अपराधको योजना बनाउने प्रवृत्ति सीमावर्ती जिल्लामा मौलाइरहेको छ । यस्तो प्रवृत्तिले अनुसन्धानलाई थप जटिल बनाएको छ र दोषीलाई पक्राउ गर्न कठिनाइ भइरहेको छ ।
असार ९ गते राती नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले एक थान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गर्यो । भारत बिहार सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल राम पक्राउ परेको र उनीसँगै मोटरसाइकलका सवार अर्का व्यक्ति भने भारततर्फ भागेको बताए ।
सीमावर्ती क्षेत्रमा सीमापारिका आपराधिक समूहका ग्याङहरू नेपाल प्रवेश गरी बैंक एवं बित्तीय संस्था लुटपाट गर्ने र हत्या गर्नेसम्मका घटना हुन थालेको छ ।
भारतबाट अपराधका लागि नेपाल प्रवेश गर्ने अधिकांश युवाहरु आउने गरेको छ । तीमध्ये धेरैजसो चरम गरिबीमा रहेको र १०÷२० हजार रकम लिएर अपराधमा संग्लन हुने गरेको बुझिन्छ । सूचना लिने कुरामा लगानी नभएको र त्यसकै कारण सीमाक्षेत्रमा अपराधका घटना हुने गरेको पाइएको छ ।
अपराध अनुसन्धानमा खटिने प्रहरीलाई कुनै सुविधा उपलब्ध नगराइदा बाध्य भएर आर्थिक अपराधमा संलिप्त हुने र अपराधी समात्नुको साटो आर्थिक चलखेलमा तराई मधेशका जिल्लामा कार्यरत घुमुवा प्रहरी संलग्न रहेका छन् ।
हुनत प्रायः घटनाहरु धेरै छन् सबै घटनाको केलाएर साध्य छैनन् तर समग्र रुपमा मधेशका जिल्लाहरुबाट अपराध अन्त्य गर्नका निमित्त सादा पोशाकमा खटिने प्रहरी आर्थिक चलखेल भन्दा टाढा रहेमा मात्रै यस भेगबाट अपराधलाई अन्त्य गर्न सकिने अन्यथा यस्तै चलिरहने कुरा स्थानीय समाजसेवीहरु बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन