जनकपुरधाम, १३ साउन । मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योग व्यवसाय क्षेत्र प्रति मधेश प्रदेश सरकार गम्भीर भएर यस क्षेत्रको कायापलट गराई उद्योगलाई बढावा दिने सोचका साथ अघि बढिरहेको बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औं बार्षिक साधारण सभाको उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस प्रदेशका उद्योगी व्यवसायीको समस्या आफूले बुझेको छु, उनीहरलाई भारतबाट सामान ल्याउनमा समस्या उत्पन्न भईरहेको छ, करको झन्झट, भन्सार कार्यालयमा दक्ष जनशक्तिको अभाव लगायत विभिन्न समस्याहरु व्यापारीहरुलाई खेप्नु परेको हो ।
मधेश प्रदेशमा बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने हेतु यहाँ उद्योग कलकारखाना स्थापना गराएर सयौं युवाहरु दैनिक रुपमा विदेशिने कार्य माथि अंकुश लगाउन पनि उद्योग क्षेत्रलाई समुचित रुपमा प्रबद्र्धन गराएमा मात्रै सम्भव हुने उनले बताए । वेरोजगारी समस्यालाई समाधान गर्नु नितान्त आवश्यक रहेको छ उनले भने ।
धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ थियो । मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
“व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ”, मुख्यमन्त्री सिंहले भने । उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन