रौतहट, १४ साउन । नेपालबाट भारत तर्फ मदिरा (रक्सी) तस्करी गर्ने गिरोहले नयाँ नयाँ युक्ति लगाएर तस्करी कार्य गर्दै आएको तथ्यलाई प्रहरीले बाहिर ल्याएको छ ।
मोटरसाइकलको ट्याँकीमा, सिट मुनी, लगायतको बाइकको विभिन्न स्थानमा लुकाएर भारत तर्फ तस्करी गर्दै आइरहेको खवर प्राप्त भएपछि प्रहरी चौकी औरैयाले इशनाथ नगरपालिका वडा नम्वर २ स्थित सार्वजनिक बाटोमा चेकप्वाइन्ट थापेर चेकजाँच गर्ने क्रममा दुई वटा मोटरसाइकल छाडेर भागेपछि मदिरा तस्करीको तथ्य बाहिर प्रहरीले ल्याएका हुन् ।
प्रहरीले गरिरहेको चेकजाँच गरिरहेको देखेर बिआर ०५एम ६८८१ र बिआर ०५एएफ ०७९९ नम्वरको मोटरसाइकल छाडेर तस्करहरु भागेपछि प्रहरीले बेवारिसे अवस्थामा दुई वटा बाइक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएका मोटरसाइकलको सिटभित्र र तेल ट्याङ्किको मुनि लुकाई छिपाई राखेको २५० मिली लिटरको १७५ बोत्तल सोफि रक्सी फेला परेको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले अवैध सोफि रक्सी र मोटरसाईकललिई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय गौरमा दाखिला गरिएको बताइन् ।
बाइकमा बस्ने सिटभित्र र ट्याँकी मुनी रक्सीको वोत्तल लुकाई छिपाएर भारत तर्फ तस्करी भईरहेको श्रोतबाट जानकारी पाएपछि प्रहरीलाई सक्रिय बनाउदा उक्त परिणाम प्राप्त भएको डिएसपी गिरीले भनिन् । तस्करी कार्यलाई पूर्ण रुपमा निष्तेज पार्न प्रहरीले आफनो भुमिका निर्वाह गरिरहेको भएपनि खुला सिमा भएको हुँदा नियन्त्रण गर्न निकै चुनौतीपूर्ण रहेको उनले तर्क दिइन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन