सर्लाही, १४ साउन । सर्लाहीको इश्वरपुर नगरपालकामा दुई वटा बाइक एक आपसमा ठोक्किदा एक जना पैदल यात्री सहित ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका वडा नम्वर ११ स्थित खोरिया टोलबाट बबरगंज तर्फ जाँदै गरेका बा.२२ प. ३९३० नम्वरको बाइक र विपरित दिशाबाट आउदै गरेको बिआर ४० डि ३२३१ नम्वरको बाइक सोमवार दिउसो १२.२० बजेको समयमा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सहित पैदल यात्री घाइते भएका हुन् ।
दुई वटा बाइक (मोटरसाइकल) जुधेर पैदल यात्री सहित घाइते भएका ६ जनालाई केशरगंज स्थित सिद्धिविनायक अस्पतालमा उपचार भईरहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले दुबै बाइक प्रहरी नियन्त्रणमा रहेको बताए ।
निम्न घाईते भएको मानिसहरु;–
बिआर ४० डि ३२३१ नम्वरको बाइक.चालक ईश्वरपुर नपा वडा नम्वर ११ का २५ बर्षिय दिपेश शर्माको दाहिने खुट्टाको पंजाको भागको मासु च्यातिएको अबस्था मध्यम रहेको, सोही बाइकमा पछाडी सवार शर्माको २२ बर्षिया श्रीमती अञ्जली ठाकुर र ७ महिनाको छोरा दिब्यान्सलाई औंला र पिठ्युमा चोट लागेको हुँदा अवस्था सामान्य रहेको डिएसपी श्रेष्ठले भने ।
यस्तै बा. २२ प. ३९३० बाइक चालक चन्द्रनगर गाउँपालिका वडा नम्वर ६ का १८ बर्षिय रबि साहको दुवै घुडामा र दुबै हातमा चोट अवस्था सामान्य रहेको, पछाडी सवार १५ बर्षिय विमला साहको टाउको हात, दुबै घुडामा चोट लागेपनि अवस्था सामान्य रहेको तथा पैदलयात्री इश्वरपुर नपा २ बबरगंजका लक्ष्मी साहको १८ बर्षिया छोरी सुष्माकुमारी साहको दाहिने पैतालमा चोट लागेको हुँदा सिद्धिविनायक अस्पताल केशरगंजमा उपचार भईरहेको छ तर सबैको अवस्था सामान्य रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट