काठमाडौं, १५ साउन । संघिय राजधानी काठमाडौंका चुनदेवीबाट जुवातास खेलिरहेको आरोपमा एक महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
सोमवार अबेर साँझ काठमाडौं महानगरपालिका वडा नम्वर ४ चुनदेवी स्थित यमकुमारी आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले ९ जनालाई पक्राउ गरेका हुन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंका ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुका ५२ वर्षीय प्रकाश शाहीलाई पक्राउ गरिएको प्रहरी परिसरका एसपी एवं प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
जुवातासको खालबाट १० लाख ११ हजार रुपैयाँ बरामद गरिएको तथा जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ । उनीहरु विरुद्ध आवश्यक कारवाही प्रक्रियालाई अघि बढाइएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन