विद्युत प्राधिकरणको चरम लापरवाहीबाट उपभोक्ता मर्कामा

तराई टप संवाददाता
रौतहट, २ कार्तिक । विद्युत प्राधिकरणको चरम लापरबाहीको कारण आम उपभोक्ताहरु मर्कामा परेका छन् ।
छिन छिनमा विद्युत सेवा आपूर्ती थप भईरहदा आम उपभोक्ताहरुको साथै उद्योग क्षेत्र प्रभावित भई मर्कामा परेका हुन् । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र, शव स्टेशन हर्षाहा र सव स्टेशन गौरको चरम लापरवाहीका कारण वारम्वार बत्ती जाने–आउने गर्दा उपभोक्ता हैरान हुदै आएको छ ।
विद्युत प्राधिकरणले लोडसेडिङ नगरेको दावी गर्दै आएपनि बत्ती भने वारम्वार ट्रिप भईरहदा उपभोक्ताहरु समस्यामा परेको छ । दिनमै दर्जनौं पटक बत्ती जाने–आउने समस्याले उपभोक्ताहरू आजित भएका छन् । यता, विद्युतकै माध्यमबाट सञ्चालन हुने व्यवसायहरू त झन संकटमा परेका छन् ।
विद्युत अनियमित हुदा व्यवसाय सञ्चालनमा समस्या मात्र भएको छैन वारम्वार बत्ती जाने–आउने गर्दा विद्युतीय उपकरणहरू बिग्रिएर हैरान भएको व्यवसायी शिवप्रकाश साहले भने । लोडसेडिङ नै गर्ने हो भने निश्चित समय तोकेर बत्ती काट्नु, तर वारम्वार बत्ती जाने–आउने गर्दा समस्या भइरहेको उपभोक्ताहरु बताउछन् ।