रौतहट, १६ साउन । प्रतिबन्धीत लागुऔषध सहित एक युवकलाई रौतहट प्रहरीले गौर स्थित बास पार्कबाट पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नम्वर ४ बस पार्क छेउमा रहेका चिया पसल अगाडी हिडडुल गरिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बस पार्कमा कार्यरत प्रहरीले प्रतिबन्धीत लागु औषध सहित ललितपर महानगरपालिका वडा नम्वर ३ इमाडोल घर भएका हसन भुसालको २१ बर्षिय छोरा समिर भुसाललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, हिजो बसपार्क अगाडीको चिया पसलमा शंकाष्पद रुपमा यताउता हिडडुल गरिरहेको अवस्थामा भुसालले बोकेको झोलालाई प्रहरीले खानतलासी गर्दा नोरफिन इन्जेक्सन आइपी–२ एमएलका ९६ पिस, डाइजेपाम आइपी–२ एमएलका ९६ पिस र प्रोमेट्राजिन हाइड्रोकसाइड आइपी–२ एमएलका ९६ पिस गरेर २८८ पिस प्रतिबन्धीत लागुऔषध बरामद गरिएका छन् ।
लागुऔषध सहित पक्राउ परेका युवक भुसाललाई जिल्ला अदालत गौरबाट लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत म्याद थप गरेर आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन