रौतहट, १६ साउन । “के तपाई जिल्ला प्रहरी कार्यालय गौरमा जादै हुनुहुन्छ भने विचार पुर्याएर जानु होला” ? भनाईको अर्थ तपाई संग सुर्तिजन्य पदार्थ यदी खल्तिमा छ भने बाहिर राखेर जानु होला किनभने जिल्ला प्रहरी कार्यालय परिसर भित्र सुर्तिजन्य पदार्थलाई निषेध गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक रुपमा सूचना प्रवाह गरेर कुनै किसिमको सुर्तिजन्य पदार्थ, चुरोट, पानगुट्खा, धुम्रपान सेवन गरेर कार्यालय भित्र प्रवेश गर्नमा पूर्ण रुपमा निषेध लगाइएको हुँदा विचार पुर्याउनका निमित्त सूचना जारी गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गौरको परिसर भित्र तथा सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनलाई कडाईका साथ निषेध गर्दै गुट्का, पान, खैनि, चुरोट लगायतका सुर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम जरिवाना एवं कारवाही गरिने छ । सुर्तिजन्य लगायत विभिन्न धुम्रपान सेवन गर्न प्रतिबन्ध लगाइएको जनचेतनामुलक पोष्टरहरु कार्यालय परिसर भित्र, बाहिर सार्वजनिक रुपमा टाँस गरी सर्वसाधारणमा अवगत गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा भनिएको छ ।
जारी गरिएको सार्वजनिक सूचनाको अवज्ञा गर्ने सेवाग्राहीहरु बाट पानपरागको प्याकेट, खैनिको बट्टा, चुरोटको डिब्बा, लाईटर जस्ता निषेधित वस्तु जफत गरी प्रति व्यक्ति एक सय रुपैया जरिवाना गरिने छ ।
जिल्ला प्रहरी कार्यालय मात्रै नभई सार्वजनिक स्थल तथा सरकारी कार्यालय परिसर भित्र सुर्तिजन्य पदार्थ सेवन गर्ने, जथाभावि थुक्ने, खैनि, गुट्का, पानपरागका प्याकेट यत्रतत्र फ्याक्ने लगायतका कार्य गरेमा कानून बमोजिम कारवाही तथा जरिवाना हुने सर्वसाधारणमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट