धनुषा, १८ साउन । धनुषाधाम नगरपालिकामा कुटपिट गरी भोगेन्द्र ठाकुरको हत्या गरेको बिषयलाई लिएर आन्दोलनरत मिटरव्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासन बीच ८ बुंदे सहमती भएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्वर २ मंगलपुर गाउँका ४५ बर्षिय ठाकुरलाई गत सोमवार अर्थात साउन १४ गते विहान साढे ११ बजेको समयमा छिमेकी सुरजी मुखिया र निजका २१ बर्षिय छोरा नागेश्वर मुखिया, शिवजी यादव सहितका व्यक्तिहरु घरमा प्रवेश गरेर कुटपिट गर्दा ठाकुर गम्भीर घाइते ठाकुरको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएका थिए भने उनकी श्रीमती गम्भीर घाइते भएकी थिइन् ।
ठाकुरको हत्या पछि आन्दोलनमा उत्रिएका मिटरब्याज पीडित संघले निरन्तर रुपमा आन्दोलन गर्दै आइरहदा स्थानीय प्रशासनले अन्ततः पीडितहरु संग ८ बुंदे सहमती गरेर समस्याको समाधान खोजेको बताइएका छन् ।
हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, मृतक ठाकुरलाई शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्थापन गर्ने, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएको छ ।
मृतक ठाकुरकी श्रीमती श्यामुकुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक २ छोरीको पालनपोषण एवं विश्वविद्यालय सम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ ।
त्यस्तै मृतकको मिटरब्याज सम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान, पीडित परिवार तथा जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवा लगायतका व्यक्तिहरुको उपस्थितिमा सहमती भएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन