शास्त्रीय संगितका महान साधक गुरुदेव कामतको असामयिक निधनबाट मधेशलाई अपूर्णीय क्षतिः मुख्यमन्त्री सिंह

0 Shares

साउन २० गते अर्थात आउदो आईतवार मधेश प्रदेश सरकारले महान शास्त्रीय साधक एवं गायक गरुदेव कामतको निधन भएकोमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

जनकपुरधाम, १८ साउन । शास्त्रीय संगितका महान साधक एवं लोकप्रिय गायक गुरुदेव कामतको असामयिक निधनबाट स्तब्ध एवं मर्माहत मधेश प्रदेश सरकार भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामको लेटरप्याडमा मुख्यमन्त्री सतिशकुमार सिंहद्धारा हस्ताक्षरित जारी गरिएका प्रेस नोटमा, शास्त्रीय संगितका महान साधक एवं लोकप्रिय गायक श्रद्धेय गरुदेव कामतको असामयिक निधनबाट स्तब्ध एवं मर्माहत भएको छु ।
अत्यन्त गहिरो र प्रभावशाली ढंगले गीतसंगितका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् साँस्कृतिक विषय वस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतीत गर्नुभएका संगीतका उपासक एवं साधक दिवंगत गुरुदेवजी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु प्रेषित प्रेस नोटमा भनिएको हो ।
मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगित विधालाई आजीवन अघि बढाउनु भएका स्वर्गीय गुरुदेव कामतको निधन प्रति शोक प्रकट गर्न प्रदेश सरकारले साउन २० गते आइतबार राष्ट्रिय झन्डालाई आधा झुकाउने निर्णय समेत गरेको उक्त प्रेस नोटको माध्यमबाट जानकारी गराइएको छ ।
गुरुदेव कामतको सांगितिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो । तर, जीवनको कठोरत्तम क्षणसँग लडाई लड्दै भिडदै शास्त्रीय तथा सुगम संगित परम्परालाई थप सिर्जनात्मक र उत्कर्षोन्मुख बनाउन उनले पुर्याउनु भएको योगदानलाई सदैव स्मरणीय रही रहने छ । उनको सांगितिक स्वरको समग्रता र सम्पूर्णताले मधेशको भूमिलाई अनन्तकाल सम्म गौरव–गरिमाबाट विभूषित गरिरहने छ ।
शास्त्रीय एवं सुगम दुवै संगित सम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवले संगित शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिए । उनको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सँख्यामा संगिताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम ढङ्गले बुझ्न सक्षम भएका छन् । उनकै प्रेरणा र सामीप्यबाट संगित विधामा संलग्न हुन नयाँ पुस्ताका प्रतिनिधिहरु उत्सुक र उत्कंठित भएको अवस्था छ ।

एउटा आदर्श संगित अनुयायी, आदर्श गुरु र साँगितिक फाँटमा मानवीय मूल्यको निरूपण गर्ने संवेदनशील स्रस्टा साधकका रूपमा दिवंगत गुरुदेवजी नेपाली सांगितिक आकासमा सधैँभरी एउटा चम्किलो नक्षत्र भएर हामीलाई प्रेरित एवं प्रोत्साहित गरिरहनु हुनेछ प्रेषित विज्ञप्तीमा भनिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार