अझै देशभरी आँशिक देखि सामान्य बदली रहने केही स्थानमा बर्षा हुने

   कार्तिक ४, २०७८  
536 Shares

तराई टप संवाददाता
रौतहट, ४ कार्तिक । हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा कायमै रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रवार पनि दिउँसो ः प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिवार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै