चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : सभापति यादव

0 Shares

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । यसबारे परराष्ट्र मन्त्रालयसँग जानकारी लिने र समितिले आवश्यक निर्देशन दिने उनको दाबी छ । सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा खसेका थिए । २४ जनाको शव भेटिएको छ, ३८ जना अझै बेपत्ता छन् । दुवै बस पनि भेटिएका छैनन् । भारतबाट गोताखोर ल्याएर बसको खोजी गर्ने क्रममा प्रयोग भएको ठूलो चुम्बक पनि हराएको थियो । त्यही समाचार समाजिक सञ्जाल एक्समा शेयर गर्दै चिनियाँ राजदूत छन् सोङले ‘त्यसो भए चुम्बक खोज’ (find the magnet then) लेखेका थिए । चिनियाँ राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर टिप्पणी गरेको सभापति यादवले बताए । दुघर्टनामा बेपत्ता भएका मानिस र बसको खोजीका लागि नेपालले सहयोग मागेपछि भारतीय टोली आएको भन्दै उनले भने, ‘त्यससँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदूतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो ।’ नेपाल र चीनको सम्बन्ध कसरी राम्रो बनाउने काम चिनियाँ राजदूतको भएको उनले बताए । ‘उहाँले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्नु भएको छ’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादवले भने, ‘एउटा राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ ।’ कुनै पनि देशको राजदूतले नेपालको आन्तरिक मामिलामा टिकाटिप्पणी गर्ने कार्य सैह्य नहुने उनले बताए ।यसबारे संसद्‌मा पनि कुरा उठेको भन्दै उनले यसमा के भइरहेको छ भनेर परराष्ट्र मन्त्रालयसँग जानकारी दिने बताए । ‘के कारणले यस्ता टिकाटिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न के पहल गरेको छ भनेर मन्त्रालयसँग जानकारी लिन्छौं,’ सभापति यादवले भने ।

साभारः अनलाईनखवर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।