अपराध अनुसन्धानमा खटिने प्रहरी कर्मचारी नै अपराधमा लिप्त, ढाकछोपको नीतिबाट नेपाल प्रहरी माथिको विश्वास डगमगाउदै

0 Shares
तराई टप को अनुसन्धान मुलक प्रस्तुती
अपराध अनुसन्धनमा खटिने कर्मचारी नै अपराधमा संलिप्त भएपनि तीनलाई जोगाउने खेलबाट अचेल नेपाल प्रहरीको कार्यशैली एवं विश्वास माथि प्रश्न चिन्ह् खडा भएका छन् ।
सादा पोशाकमा खटेर अपराधजन्य सहित विभिन्न अवाञ्छित कार्यलाई नियन्त्रण गराउने उद्देश्यबाट खटिएका व्यक्तिहरु आर्थिक देखि लिएर विभिन्न अपराधमा संलिप्त भएको पाइएपनि तीनलाई कारवाही गरिनुको साटो जोगाउने कार्य जस्ता कार्यशैलीबाट नेपाल प्रहरी माथि विश्वास माथि प्रश्न चिन्ह खडा भएका हुन् ।
रौतहट जिल्लामा सादा पोशाकमा खटाइएका प्रहरी हबलदार राजकुमार गुरुङ तस्करी कार्यमा संलग्न व्यक्ति संग पैसाको वार्गेनिंग गरिरहेका अडियो बाहिएको तथा सर्लाही जिल्लामा सादा पोशाकमा खटिएका घुमुवा प्रहरी इन्चार्ज तेजनारायण यादव युवती संग रातिको समयमा पक्राउ परेपनि तिनीहरु विरुद्ध कारवाही गरिनुको साटो जोगाउने कार्यबाट नेपाली प्रहरीको कार्यशैलीमा स्थानीयहरु प्रश्न चिन्ह् खडा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट घुमुवाको जिम्मेवारी पाएका गुरुङले एक जना तस्कर संग लाइन सेटिंगको कुरा गरिरहेको अडियो रेकर्ड बाहिरिएको छ । उक्त अडियो रेकर्डमा “चप्पल, कपडा र किराना सामान दुई वटा बाइकबाट ढुवानी गर्न संवाद भईरहेको बुझिन्छ” । “तस्कर र घुमुवा बीच भईरहेको कुराकानीमा अर्को व्यक्ति पनि संलग्न रहेको पाइएको जसले दिशा निर्देश दिईरहेको सुनिन सकिन्छ” ।
“तस्करले ५० हजार दिन्छु भन्दैछ तर घुमुवा प्रहरीले एक लाख मागिरहेको छ, पहिलाको घुमुवाले १ लाख ४५ हजारबाट १ लाखमै लाइन मिलाइदिएको पनि संवाद भईरहेको बुझिन्छ” “तर ब्याकग्राउण्डमा अर्को एक जना मसिना स्वरमा ७० हजारमै मिलाउ भन्दा घुमुवा प्रहरी हबलदार गुरुङले त्यतीमा हुन्छ भनेपछि सशस्त्र प्रहरी संग मिलाएर डन गर्ने बताउँछन्” । यति अडियो बाहिर आईसकेपनि जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी हबलदार गुरुङलाई कारवाही नगरिनुको कारण के होला ? अहिले प्रश्न उठेका छन् ।
ति प्रहरी हवलदार गुरुङलाई प्रहरी प्रधान कार्यालय लैनचौर मंगलवार तानिएका छन् ।
यस्तै केही दिन अघि सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएपछि अपराधी पत्ता लगाउन घुमुवा इन्चार्ज एवं प्रहरी सहाकय निरीक्षक तेजनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले खटाए तर उनी अपराध अनुसन्धान गर्नको साथै आफै मोजमस्तीमा लिन भएको अवस्थामा सलेमपुरका स्थानीय युवाहरुले समातेर सशस्त्र प्रहरीलाई बुझाएका थिए । होटेलमा काम गर्ने युवती संग मदिरा खाएर लठ भएका प्रसनी यादवको अनैतिक हर्कतलाई सलेमपुरका ८ जना युवकहरुले रंगेहात समातेपनि उनीहरु माथि लोडेड पेस्तोल ताकेका यादवलाई समातेर सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीको चेकप्वाइन्टलाई जिम्मा लगाए ।
तर पक्राउ परेको भोली पल्ट जिल्ला प्रहरी कार्यालय मलंगवामा छलफलको बहानामा युवाहरु माथि दवाव बनाएर उक्त घटनालाई प्रहरी आफैले ढाकछोप गरी सल्टायो । उक्त कुरा तराई टप बाहेक अन्य कुनै मिडियामा समाचार प्रकाशन भएन । मिडियालाई समेत मिलाउने कार्य गरियो । के यस्तै पुलिसिंगबाट नेपाल  प्रहरीको विश्वास बढ्ने छ ? भने प्रश्न चिन्ह उठेका छन् । प्रसनी यादवलाई कारवाही हुन्छ तर अहिले पनि निजलाई सर्लाहीमा घुमुवा प्रहरीको रुपमा परिचालन गरिएको छ ।
यी दुई घटना फरक फरक भएपनि नेपाल प्रहरीको कार्यशैली माथि नै प्रश्न चिन्ह् खडा गराएका छन् । प्रहरी हबलदार राजकुमार गुरुङ वीरगञ्जमा हुण्डि घुमुवा बस्दा हुण्डि कारोवारी संग सेटिंग गरेर पैसा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा पर्सा प्रहरीले जागिरबाट बर्खास्त गरेका थिए । बर्खास्त भएका करिव ३६ महिना पछि जागिर जोडेर बारा, चन्द्रपुरमा घुमुवा घुमुवाको काम गरिसकेका व्यक्तिको अडियो बाहिरिएपनि कारवाही भएन ।
प्रहरी हबलदार सम्मका कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयका इन्चार्जले सोझै कारवाही गर्न सकिन्छ तर यहाँ त्यसो नहुँदा प्रश्न उठ्नु स्वभाविकै हो ।
स्मरणीय छ, “रौतहट र सर्लाही प्रहरीका प्रमुख प्रहरी प्रधान कार्यालयमा इमान्दारको रुपमा चिनिने गरिन्छ, उनी पैसा खादैनन्, कुनै तस्कर संग सेटिंग छैनन् तर कसको बलमा यत्रो तस्करी दुबै जिल्लामा संचालनमा छन् ? तलका निकायमा कस्ता भ्वाङ छन् जसले यस्ता घुमुवा मार्फत रकम उठाउन मस्त छ, यो खोजी नीतिको विषय हो ? इमान्दार भएपनि उनका मातहतबाट अवाञ्छित गतिविधि वा राजस्व छलीका कार्य हुँदा उनले सख्त कदम नठाउदा रौतहट र सर्लाहीमा तस्करी कार्यमा ह्वातै बढेका छन”् ।
तस्कर र घुमुवा एवं प्रहरी हबलदार विच भएको अडियो रेकर्ड तराई टप संग सुरक्षित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।