काठमाडौं, २३ साउन । एयर डाइनस्ट्रीको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका चार चिनियाँ नागरिक सहित पाँच जनाको शव संकलन गरेर काठमाडौं ल्याइएका छन् ।
काठमाडौंको शिक्षण अस्पतालमा महाराजगञ्जमा राखिएका मृतकहरुको शवलाई विहिवार विहान अर्थात भोली विहान देखि पोष्टमार्टम सुरु गरिने भएका हुन् ।
आज दिउसो हेलिकप्टर दुर्घटनामा चार चिनियाँ नागरिक सहित पाँचको मृत्यु
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्वर ७, सूर्यचौर क्षेत्रमा आज दिउसो भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने मध्ये चार जना चिनियाँ नागरिक रहेका थिए ।
पाइलट मात्रै नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल रहेको थियो ।
रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर दुर्घटनामा भएको थियो ।