जनकपुरधाम, २३ साउन । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले १२ मन्त्रालयमा २० वटा मन्त्री बनाएर मधेश प्रदेशमा लुटधन्दा र भ्रष्टाचार मचाउन खोजेको गम्भीर आरोप लगाए ।
आजपा अध्यक्ष साहले आफनो सोशल मिडिया मार्फत मंगलवार मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले गरेको मन्त्रीमण्डल विस्तारले मधेशको हितमा नभई लुटधन्दा र भ्रष्टाचार गर्न भागबण्डा मिलाएको उनले गम्भीर आरोप लगाएका हुन् ।
साह अगाडी भन्छन् “कहि नभएको जात्रा हाडी गाउँमा” भने जस्तै अहिले मधेस प्रदेशको अवस्था पनि त्यस्तै सृजना भएको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सत्तारुढ गठबन्धनको आवश्यकक्तामा अझै मन्त्रीको संख्या बढाउँने योजनामै रहेको बुझ्दा मधेशका लागि दुर्भाग्यपूर्ण रहेको उनले भने ।
आठ वटा जिल्ला भएको मधेस प्रदेश भुगोलको आधारमा सबैभन्दा सानो प्रदेश रहेको छ तर यहाँ जम्बो मन्त्री किन बनाएको भन्दै सरकारको तिव्र आलोचना गरे । सर्वसधारण नागरिक देखी बिभिन्न क्षेत्रका बुद्धिजिवि, राजनीतिक दल, पेशा व्यवसायी लगायतका व्यक्तिहरुले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् ।
‘देशमा सुशासन, बिकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेस प्रदेशमा ठीक विपरित २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएको छ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको बिकास बजेट लुटने प्रपञ्च हो ? मात्रै रहेको बताइएको छ ।
मधेसको विकासका लागि ध्यान दिनुपर्ने सरकारले भ्रष्टाचारमा लिप्त रहेको र सत्तारुढ गठबन्धनमा रहेका पार्टी, नेतालाई भागबण्डाको आधारमा कमाउँने धन्दामा लागेको साहले आरोप लगाए ।