रौतहट, २६ साउन । सशस्त्र प्रहरीले रौतहटको बौधीमाई नगरपालिका क्षेत्रबाट श्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
बौधीमाई नगरपालिका वडा नम्वर ७ स्थित अरुवा खोला क्षेत्र भएर आउदै गरेका विआर ३० एएफ ६९३८ नम्वरको मोटरसाइकलमा सवार भारत विहार राज्यको सीतामढी जिल्ला वैरगनिया वडा नम्वर ३ अशोगी गाउँका ३४ बर्षिय युवक रबीन्द्र कुमारलाई सशसत्र प्रहरीले २ लाख ११ हजार ८४० रुपैया सहित शुक्रवार साँझ ५.३० बजेको समयमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनियाँ रौतहटले जनाएको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणबाट खटिका टोलीले भारतीय नागरिक रबीन्द्र कुरारलाई खोकेर खानतलासी गर्दा बाइकको सीटमुनी लुकाए राखिएका श्रोत नखुलेका २११८४० रुपैया सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले बताए ।
श्रोत खुल्न नसकेको रकम सहित भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जानकारी दिदै एसपी हुमागाईले भारतीय नम्वरको बाइकको डेढ लाख मूल्याँकन गर्दा ३ लाख ६१ हजा ८४० रुपैया कायम गरेर भन्सार कार्यालयमा बुझाइएको उनले भने ।
सीमा क्षेत्रबाट हुने यस्ता अवाञ्छित कार्यलाई निष्तेज पार्न सशस्त्र प्रहरीले सीमामा विशेष निगरानी बढाएको कारण श्रोत नखुलेको रकम सहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको उनले दाबी गरे ।